प्रदेश १ मा ५५ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ ...

भागबण्डा मिलाउन प्रदेश १ मा मन्त्रालय थप, कर्मचारी अभावमा बागवानी र ज्ञानकेन्द्र मर्ज

सोलुखुम्बु : सात वटा मन्त्रालयलाई फुटाएर १३ वटा बनाएको प्रदेश सरकारले विभिन्न कार्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ । प्रदेश मातहतका बागवानी केन्द्र फाप्लु सहित कृषि क्षेत्रका ५ वटा फार्मलाई कृषि ज्ञान केन्द्रमा समायोजन गरिएको छ । गत माघ २३ गते प्रदेश १ को मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रालयका सू...

प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २–२ , ख...

खोटाङमा पहिलो पटक निर्मित सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उद्घाटन

खोटाङ : खोटाङमा पहिलो पटक निर्माण भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा निर्माण सम्पन्न सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको मंगलबार उद्घाटन  गरिएको हो । मासिक ३ लाख रुपैंयाँ राजश्व सङ्कलन गर्ने स्रोतका ...

प्रजिअ शाहीको १६ महिने कार्यकाल, ४५ वटा उल्लेखनिय कार्य सहित

सोलुखुम्बु : सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको रुपमा १६ महिना अघि जिल्ला आउनुभएका गणेश बिक्रम शाहीले आफ्नो कार्यकालमा ४५ वटा उल्लेखनिय कार्य गरेको बताउँनुभएको छ । बुधबार जिल्लाबाट जान लाग्नुभएका शाहीले मंगलर आयोजना गरिएको बिदाई कार्यक्रममा आफ्नो कार्यकालमा गरेका महत्वपुर्ण कार्यको प्रगतिप्रविदेन समेत प्रस्तुत गर्नुभ...

एमसीसीको गलत प्रचारबाजि गरि भ्रम सिर्जना गराइयो : नेता विश्वकर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताउनुभयो । उहाँले मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजि गरि भ्रम सिर्जना गराएको उहाँले बताउनुभयो । नेता विश्वकर्माले राष्ट्रिय सर...

सोलुदुधकुण्ड नगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने

सोलुखुम्बु : जिल्लाकाे सोलुदुधकुण्ड नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय सोमबार देखि भौतिक उपस्थितिमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । २१ गते बसेको शिक्षा शाखाको बैठकले सोमबार देखि भौतिक उपस्थितिमा नै विद्यालय सञ्चा...

भारतलाई अण्डर नाइन्टिन विश्वकप क्रिकेटको उपाधि

काठमाडौं : भारतले आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । यससँगै भारतले पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारत यू–१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ व...

भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं:  प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। कोभिड संक्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।स्वस्थ्यमा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा कक्षमा राखी उपचार गरिँदै आएको थियो । उहाँको आइतबार बिहान ८ ः१२ मा निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्...

आजदेखि मौसममा सुधार हुने

काठमाडौं: आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सामान्यतया देशैभर मौसम सफा रहने छ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हु...