भारतीय गायिका लता मंगेशकरको निधन

काठमाडौं:  प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। कोभिड संक्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।स्वस्थ्यमा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

उहाँको आइतबार बिहान ८ ः१२ मा निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।केही समययता उहाँको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतो इन्दौरमा भएको थियो ।

मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाउँनु भएको छ ।उहाँ नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित समेत हुनुभएको थियोा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार