सुनको मूल्यमा घटबढ हुने क्रम जारी

सुन बजारमा सुनको मूल्य घटबढ हुनेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेकोे छ।

आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य तोलामा सोमबार दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ७१ तीन सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार