काठमाडौं : सुनको मूल्य ४ सयले बृद्धि भएको छ । बिहिबार छापावाला सुनको मुल्य ९७ हजार ६ सय तोकिएको छ भने तेजावी सुनको मुल्य ९७ हजार १ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ ।
तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रति तोला थियो । हिजो सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।







