काठमाडौं : प्रदेश एक सरकारले आज आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बुधबार प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
प्रदेशसभाको ८ औँ अधिवेशनको तेस्रो बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जनाइएको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको पूर्वराज्यमन्त्री उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभामा सम्बोधन गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले सदनमा टेबुल गर्ने कार्यक्रम समेत रहेको छ ।







