सिंचाई खानेपानीको लागि प्रदेश १ मा रु. ६ अर्व बजेट विनियोजन

विराटनगर : प्रदेश १ सरकारले सिंचाई खानेपानीको लागि ६ अर्व बजेट विनियोजन गरेकाे छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार स्थानीय तह जोड्ने सडकका लागि रु.४४ करोड, जनता आवासका लागि २५ करोड, निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि ९० करोड बजेट विनियोजन भएको छ।

यस्तै लोकमार्गहरू निर्माणका लागि ५ अर्ब, प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड, इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ। प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार