रवि लामिछानेको रिहाई विषयमा ज्ञानेन्द्र शाही र दिल निशानी मगरको घम्साघम्सी (भिडियो)

सिधा कुरा जनता संगका प्रस्तुता रवि लामिछानेलाइ चितवन प्रहरीले पक्रा उ गरे संगै रविका समर्थकहरु आन्दो लनमा उत्रिएका छन् । रवि लामिछानेका समर्थकहरु ले रविलाइ रिहाई गरि अनुसन्धान अगाडि बढाउन शान्तिपूर्ण दबाब दिइरहेका छन् भने अर्को तर्फ रविलाई कानुन बमोजिम नै अनुसन्धान गरिएको हुदा जे हुदैछ सहि हुदैछ भन्ने धारणा बाहिरिएको छ ।

यहि विषयमा ज्ञानेन्द्र शाही र दिल निशानी मगर बीच आफ्नो आफ्नो धारणा राख्दै पर्यो घम्सा घम्सी । ज्ञानेन्द्र शाहीले रविलाइ रिहाई गर्नुपर्ने भन्दै चर्को स्वरमा आफ्नो आवाज उठाए भने दिल निशानीका अनुसार रविलाइ कानुन बमोजिम लगिएको उल्लेख गरे ।

ज्ञानेन्द्र शाहीले चितवनमा रवि लामिछानेसंग भेटेको र रविले अनुसन्धान निस्पक्ष होस् भन्ने कुरा उल्लेख गरेको बताए । ज्ञानेन्द्र शाहीले रविलाइ बल प्रयोग गरेर अनुसन्धानको प्रक्रिया अनुरुप नगई पक्रा उ गरेर हिरा सतमा राखेकोमा खण्डन गरे र आफु माथि लागेको राजावादीको आरोप बारेमा पनि चर्को स्वरमा बोले । साथै दिल निशानी मगरले रविले जनताको पक्षमा काम गरेको छन् भन्दैमा उनि माथि अनुसन्धान गर्न नै नहुने वा हिरा सत मा बस्न नै नहुने भन्ने कहा लेखिएको छ भन्दै खरो रुपमा प्रस्तुत भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार