सोलुखुम्बुः “गाजलु नयन” बोलको नयाँ लोक आधुनिक गीत सार्वजनिक भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का रमेश कुमार बस्नेतको शब्दमा रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो ।
दाउद राईको संगीतमा रहेको उक्त गीतमा दाउद राई र ममता गुरुङको स्वर रहेको छ । यस गीतमा सुरेश कोलि/स्मारीका ढकाल र पुनम श्रेष्ठ/रोहन खत्रीको अभिनय रहेको छ ।
सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङको प्रमुख आतिथ्यतामा सल्लेरी स्थित कृषि विकास बैंकको प्राङ्गनमा उक्त गीत सार्वजनिक गरिएको हो ।