‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ आज

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम ग...

जनअपेक्षा विफल हुन दिन्नौँ : प्रम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आज सन्देश दिनुहुँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने व...

‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’

काठमाडौं : नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले मिचेको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको एक थरी विश्लेषण आइरहँदा परराष्ट्र मन्त्रालयले त्यो सत्य नभएको प्रस्ट्याए...

नागरिककै हैसियतमा कँडेलसँग भारतीय प्यान कार्ड

काठमाडाैं - पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको DTIPK 9995J नम्बरको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण पनि नयाँ पत्रिकाले प्राप्त गरेको छ । उनीमाथि दोहोरो नाग...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार संघीयतालाई बर्बाद गर्ने उन्मुख रहेको बताए । ‘संघीयतालाई बचाउन कांग्रेसका ...

डायलासिस सकेर निवास फर्किए प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस सकेर बालुवाटारस्थित निवास फर्केका छन्। उनले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैलाको डायलासिस गराएका थिए। डायलासिस सकेर प्रधानमन्त्री ओली दिउँसो ३ बजे निवास फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि ३ पुसमा प्रधानमन्त्री ओ...

राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो

काठमाण्डौं। निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तोकेको छ । आयोगले प्रदेश–१ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ ...

नेकपामा सभामुखको टुंगो नलागेपछि संसद बैठक स्थगित हुने सम्भावना

काठमाडौँ – नेकपामा सभामुख चयनको विषय पेचिलो बनेपछि आज बस्ने भनिएको संसद बैठक स्थगित हुने सम्भावना बढेको छ । संसद बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । यो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका छ । तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण आजको बैठक सूचना टाँस गरेर स्थगित ...

विप्लवविरुद्ध थप कडा बन्दै सरकार, सुरक्षा समितिले दियो यस्तो निर्देशन

काठमाडौं - केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपामाथि अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द समूहलाई निस्तेज पार्न अझै सशक्त कारबाही थाल्न निर्देशन दिएको हो । बैठकमा नेपाली सेनाका रथी, गृहसचिव प्रे...

सभामुखको निर्वाचन कार्यतालिका तय, तुम्बाहाम्फेको विपक्षमा ओली

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय द...