कार्वाहीमा परेका वडा अध्यक्षसहित एमालेमा प्रवेश

सोलुखुम्बु :   नेकपा माओवादी केन्द्रबाट निष्कासित वडा अध्यक्ष भुपालसिङ राई नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । माओवादीबाट निर्वाचित थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर ९ लोखिमका अध्यक्ष भुपाल सिं राई, वडा सदस्य रसाइली र सदस्य सोमकुमार तामाङ सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । बबरमहलस्थित कार्की बैंक्वे...

कायखेतको पुल चाडै सञ्चालनमा ल्याउने संघीय सांसदको प्रतिवद्धता

सोलुखुम्बु ः थुलुङदुधकोशी–८ र माप्यदुधकोशी–६ जोड्ने कायखेत स्थीत दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण गरिएको छ । सोलुखुम्बु जिल्लाका संघीय संसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेम कुमार राई (शुरवीर) सहितको टोलीले बिहिबार उक्त पुलको निरीक्षण गर्नुभएको हो । २०७७ मंसिर २२ गते शिलान्यास ...

माप्य दुधकोशीमा एकैदिन पाँच वटा सडक उद्धघाटन

सोलुखुम्बु :  जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा एकैदिन ५ वटा सडक खण्डको उद्धघाटन गरिएको  छ । गाउँपालिका भित्र खनिएका ५ वटा शाखा सडकको आज बुधबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको सहकर्मी पबित्रा राईले जानकारी दिनुभयो ।  चालु आर्थिक वर्षको ६ लाखको लागतमा खनिएको देप्कु झुलोउ सडक खण्डको  आज गाउँपालिका अध्यक्ष बुद्धिकिरण...

माओवादी केन्द्र सोलुखुम्बुले गर्यो निर्वाचित वडा अध्यक्ष र सदस्यलाई कार्वाही

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ का निर्वाचित वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको साधरण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ । पार्टीको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका समिति सदस्य समेत रहेका भुपाल सिं ...

नेचासल्यानमा माओवादी केन्द्रको चुनावी प्रशिक्षण सम्पन्न, १७ जना पार्टी प्रवेश

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाले “जनताको साथमा माओवादी नेचासल्यानको समृद्धि” अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गाउँ समितिका अध्यक्ष सिताराम भट्राईको अध्यक्षतामा सम्पन्न बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले निर्वाचन केन्द्रित ...

नेचाका बीर बहादुरकाे हत्या भएकाे ३४ वर्षपछि प्रतिवादी पक्राउ

सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३४ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा फरार भएका नेचासल्यान गाउँपालिका–३ का ६५ वर्षीय राम बहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो । २०४४ सालमा छिमेकी...

मस्तिष्कबाट दलित हटाऔँ : मन्त्री कार्की

विराटनगरमा  : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने हटाउनुपर्ने बताउनुभएको छ । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताकालागि जनप्रतिनिधिको भूमिका विषय...

माओवादी केन्द्र सोलुखुम्बुको दोस्रो पुर्ण बैठक : पहिलो पार्टी बन्ने आधार पेश

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शुरेस कुमार राई(हिमाल)ले माओवादीसंग एक्लै चुनाव लड्न सक्ने क्षमता रहेको बताउँनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सोलुखुम्बको दोस्रो पुर्ण बैठकलाई संबोधन गर्दै नेता राईले कुनैपनि दलसंग गठबन्धन नगरि एक्लै चुनाव लडेर पहिलो पार्टी बन्न...

शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार 

विराटनगर : वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर...

काठमाडौमा दुधकुण्ड वचत तथा ऋण सहकारी स्थापना, सेयर प्रमाणपत्र वितरण

काठमाडौ : सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ७ नाजिङबाट काठमाडौ आएर बसोबास गर्दै आएका व्यक्तिहरुले दुधकुण्ड वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । अनौपचारिक रुपमा ११ बर्ष देखि नै अस्तित्वमा रहेको सहकारीलाई विधिवत रुपमा दर्ता गरी कानुनी मान्यता प्रदान गरिएको हो । सहकारी संस्थाले आज सबै सेयर धनीलाई सेयर प्रमा...