काठमाण्डौँ ः दावा लामा शेर्पाको शहरकी कान्छी गीतको भिडियो सार्वजानिक भएको छ । दावा शेर्पाको शब्द संगीत रहेको म्यूजिक भिडियो मंगलबार सार्वजानिक गरिएको हो । संखुवा सभा जिल्लामा जन्मेको दावा शेर्पा पछिल्लो समय गायन क्षेत्रमा उदाउदो युवा गायक हुन् । उन्ले यस अघि विभिन्न गायकहरुको गीतलाई कभरमा स्वर दिएर गायन यात्रामा प्रवेश गरेका थिए ।
शेर्पाको शब्द संगीत रहेको शहरकी कान्छी गीतको छाँयाकान काठमाण्डौँ आसपासका क्षेत्रहरुमा गरिएको छ । शेर्पाको आफ्नै शब्द संगीतमा रहेको गीत शंंकर स्टुडियोमा गरेका हुन् भने मिक्सिङ सानु पुनले गरेका हुन् ।
चक्र पुलामीले निर्देन गरेको गीतलाई गीतारमा सन्जिव बराईली र कोरसमा ससिकला मोक्ता र उनका साथीहरुले साथ दिएका छन् । नव गायक दावाको गीतमा रोजिना गुरुङ्ग र दावा लामाले अभिनय गरेका छन् । त्यस्तै मेकअपमा भने सरिता प्रजापति रहेका छन् । शेर्पाको यसअघिको कभर भिडियोलाई दर्शकले राम्रै साथ पाएका थिए ।
आफ्नै युटुभ मार्फत सार्वजानि भएको म्यूजिक भिडियोको छाँयाकन जिवन रिजार र सरोज राज गिरीले गरेका हुन् ।







