दावा दिन शेर्पाको स्वरमा सररर म्यूजिक भिडियो सार्वजानिक

दोलखा ः दावा दिन शेर्पा र मेलिना राईको स्वरमा सररर म्यूजिक भिडियो सार्वजानिक भएको छ । शेर्पा समुदायको चिर परिचित गायक दावा के शेर्पाको शब्द संगित रहेको गीतको निर्देशक भुपेन्द्र गुरुङ्गले गरेका हुन् ।

काभ्रे, काठमाण्डौँ, दोलखाका विभिन्न स्थानमा छायाँकन भएको म्यूजिक भिडियोमा उर्मिला गुरुङ र सुरज दियालीले अभिनय गरेको छ । रमा विश्वकर्माले कोरियोग्रफर गरिएको भिडियो सम्पादन रविन थापा मगरले गरेका हुन् भने छायाँकन अभि राईले गरेका छन् । कोरोना भाइरसको महामारीको समयमा निर्माण भएको गीतको सोमबार एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार