थुलुङदुधकाेशी-८काे सबै बस्तीमा गाडी, दुइवटा सडककाे एकैदिन उद्घाटन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु :   थुलुङ दुधकोशी गाउँपालिका-८ रणेममा  २ वटा सडकको एकैसाथ उद्घाटन गरिएको छ ।  सोमबार  गाउँपालिका अध्यक्ष असिम राईले उक्त कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे ।

बुडिँडाडा हुदै हेलीप्याड जोडने सडक र लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडकको एक कार्यक्रमका बीच उद्धघाटन गरिएकाे कार्वहाक वडा अध्यक्ष तिलक बहादुर राईले जानकारी दिनुभयाे । याे स‌ंगै त्यस वडाकाे हरेक टाेलमा सडक जाेडिएकाे छ ।

चालु आर्थिक वर्षमा विनियोजित रु१० बजेटबाट बुडिडाँडा हुदै हेलीप्याड जोडने सडक र रु १८ लाखको लागतमा लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडक खनिएकाे वडा कार्यालयले जनाएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष असिम राईले नागरिकहरुको आवश्यकता अनुसार विकास निमार्ण भइरहेको बताउँनुभएको छ । गाउँपालिकामा आफु निर्वाचित भएपछि मा‌ओवादी पार्टीकाे नीति अनुसार काम गरेकाले नागरिक सन्तुष्ट रहेकाे उहाँकाे भनाइ छ । गाउँ विकास गर्ने भिजन सहितकाे नीति माओवादी पार्टीसंग मात्रै भएकाले आगामी निर्वाचनमा पनि माओवादीलाई जिताउनुकाे विकल्प नभएकाे अध्यक्षा राईले बताउँनुभयाे ।

जसकाे नीति उसैकाे नेतृत्व भएकाे खण्डमा मात्रै देश सम्बृद्धकाे बाटाेमा जाने उहाँकाे दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार