सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-८ रणेममा २ वटा सडकको एकैसाथ उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे ।
बुडिँडाडा हुदै हेलीप्याड जोडने सडक र लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडकको एक कार्यक्रमका बीच उद्धघाटन गरिएकाे कार्वहाक वडा अध्यक्ष तिलक बहादुर राईले जानकारी दिनुभयाे । याे संगै त्यस वडाकाे हरेक टाेलमा सडक जाेडिएकाे छ ।
चालु आर्थिक वर्षमा विनियोजित रु१० बजेटबाट बुडिडाँडा हुदै हेलीप्याड जोडने सडक र रु १८ लाखको लागतमा लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडक खनिएकाे वडा कार्यालयले जनाएकाे छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष असिम राईले नागरिकहरुको आवश्यकता अनुसार विकास निमार्ण भइरहेको बताउँनुभएको छ । गाउँपालिकामा आफु निर्वाचित भएपछि माओवादी पार्टीकाे नीति अनुसार काम गरेकाले नागरिक सन्तुष्ट रहेकाे उहाँकाे भनाइ छ । गाउँ विकास गर्ने भिजन सहितकाे नीति माओवादी पार्टीसंग मात्रै भएकाले आगामी निर्वाचनमा पनि माओवादीलाई जिताउनुकाे विकल्प नभएकाे अध्यक्षा राईले बताउँनुभयाे ।
जसकाे नीति उसैकाे नेतृत्व भएकाे खण्डमा मात्रै देश सम्बृद्धकाे बाटाेमा जाने उहाँकाे दावी छ ।







