कोरोना संक्रमणबाट वीपी अस्पताल धरानमा ५० वर्षीया महिलाको मृत्यु

काठमाडौँ  –  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर त्रिवेणी मार्ग घर भएकी एक ५० वर्षीया महिला रहेकी छिन् । उनलाई शनिबार राति ११ बजेर ३० मिनेटमा अस्पतालमा भर्ना गरिएको र राति १२ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

महिला फोक्सोमा समस्या, थाइराइड र मुटुको बिरामी रहेको थिइन् ।    उनलाई न्यूरो अस्पताल विराटनगरले विपिमा रेफर गरेको थियो। ती महिला फोक्सोमा समस्या, थाइराइड र मुटुको बिरामी रहेको र भारतमा उपचार गराइरहेको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउँनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार