काठमाडौँ – विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर त्रिवेणी मार्ग घर भएकी एक ५० वर्षीया महिला रहेकी छिन् । उनलाई शनिबार राति ११ बजेर ३० मिनेटमा अस्पतालमा भर्ना गरिएको र राति १२ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
महिला फोक्सोमा समस्या, थाइराइड र मुटुको बिरामी रहेको थिइन् । उनलाई न्यूरो अस्पताल विराटनगरले विपिमा रेफर गरेको थियो। ती महिला फोक्सोमा समस्या, थाइराइड र मुटुको बिरामी रहेको र भारतमा उपचार गराइरहेको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउँनुभयो ।







