सोलुखुम्बु : अखिल क्रान्तिकारी सोलुखुम्बुले ४ वटा विद्यालयमा इकाई कमिटी पुनर्गठन गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाका ४ वटा विद्यालयमा अखिल क्रान्तिकारी सोलुखुम्बुले इकाई कमिटी पुनर्गठन गरेको अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।
केही समय अगाडी पालिका भित्रका विद्यालयमा ईकाई कमिटी गठन गरिएको भएपनि विद्यार्थीहरु अध्ययनको शिलशिलामा राजधानी केन्द्रित भएकाले पुन पुर्नगठन गर्नुपरेको उहाँले बताउनुभयो । जनता माध्यमिक बिधालयमा विज्ञान राईको अध्यक्षतामा ६९ सदस्यीय इकाई कमिटी गरिएको छ भने लोखिममा स्थित जनसेवा माध्यमिक विद्यालयमा डोमा तामाङको अध्यक्षतामा ६७ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको छ ।
यस्तै हिमालय माध्यमिक विद्यालयमा अवजित सुन्दासको अध्यक्षतमा ८५ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको छ । जनकल्याण माध्यमिक विद्यालयमा सन्दिप राईको अध्यक्षतामा ७५ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । विद्यार्थीहरुको हक, हित र अधिकार सुनिश्चित गर्नका साथै सिगों जिल्लाको शैक्षिक क्षेत्रमा रहेका विकृती विसगंतीको अन्त्यका लागि काम गरिरहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।