थुलुङ दुधकोशी अस्पतालमा बिरामी चाप, अस्पतालको जिम्मेवारी डा. चौधरीलाई

सोलुखुम्बु : थुलुङ दुधकोशी अस्पताल, मुक्लीको प्रमुखको जिम्मेवारी डा. अजय चौधरीलाई दिइएको छ । गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले चौधरीलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त बैठकले अस्पतालमा अत्यावश्यक औजार उपकरणहरू खरिद गर्ने पनि निर्णय गरेको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिकाले पारित गरेको अस्पताल फार्मेसी कार्यविधि, २०८१ अनुसार संचालन गर्ने निर्णय गरिएको छ ।
अस्पताललाई आवश्यक पर्ने औषधी तथा उपकरण खरिद गर्ने प्रयोजनका लागि उद्वव ढुङ्गानाको संयोकत्वमा तीन सदस्य खरिद समिति गठन गर्ने निर्णय गरिएको छ । यस्तै, गाउँपालिका भित्रका विपन्न, असहाय नागरिकहरूको स्वास्थ्यउपचार सहजीकरणका लागि आर्थिक सहयोग गर्ने प्रयोजनार्थ गाउँपालिका उपाध्यक्ष सबिता राईज्युको संयोजकत्वमा ५ सदस्य आर्थिक सहयोग वितरण अध्ययन उपसमिति गठन गर्ने निर्णय गरिएको छ । पछिल्लो समय सल्यक्रिया सेवा समेत सुरु भएपछि सेवा लिने बिरामीको सख्या बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार