सोलुखुम्बुमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्यो

सोलुखुम्बु  : सोलुखुम्बु जिल्ला अदालतमा ८९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८० ०८१ मा देवानी मुद्दातर्फ एक सय २८ वटा मुद्दा दर्ता भएकोमा ८९ वटा सम्बन्ध विच्छेद का मुद्दा दर्ता भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ ।
८९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ६६ वटा फैसला र २३ वटा बाँकी रहेको सोलुखुम्बु जिल्ला अदालतका श्रेस्तेदार विकास कुमार रजकले जानकारी दिनुभयो । वहाँका अनुसार देवानी मुद्दातर्फ एक सय २८ वटा मुद्दा दर्ता भएकोमा ६६ वटा फैसला र ३४ वटा बाँकी रहेको छ । यसै गरी फौजदारीतर्फ एक सय दुई वटा मुद्दा दर्ता भएकोमा ६६ वटा फैसला र ३३ वटा मुद्दा बाँकी रहेको छ । फौजदारीतर्फ सबैभन्दा बढी जबरजस्ती करणीमा ३१ वटा मुद्दा दर्ता भएकोमा २८ फैसला र ३ वटा बाँकी रहेको सोलुखुम्बु जिल्ला अदालतका तहसिलदार उमेश सुवेदीले जानकारी दिनुभयो । विवाहपछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातीय विवाहपछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुँदा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार