सोलुखुम्बु : सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत लाइन मर्मतका क्रममा शनिबार घाईते भएकाहरूलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । आइतबार खराब मौसमका कारण फाप्लुमा नै रोकिएका तीनै जनालाई आज हेलिकोप्टर मार्फत् काठमाण्डौ लगिएको हो ।
कम्पनीका बुद्धि राजभण्डारी, टसी शेर्पा र कुमार श्रेष्ठलाई काठमाण्डौ पठाइएको कम्पनीकी कर्मचारी मेमकुमारी मास्केले जानकारी दिनुभएको छ । उनीहरुको साथमा एक जना बिरामी कुरुवा आफन्तलाई पनि काठमाण्डौ पठाइएको छ । उपचारको सम्पूर्ण खर्च सल्लेरी च्याल्सा विद्युत कम्पनीले व्यहोर्ने सहमति भएको छ । तीनै जनालाई काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिने कम्पनी श्रोतले जानकारी दिएको छ ।