प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिता : पहिलो चरणका खेलहरु सम्पन्न

सोलुखुम्बु : प्रथम योङ्ग स्टार व्याडमिन्टन प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएकाे छ । योङ्ग स्टार कवर्ड हलमा संचालन भइरहेको प्रतियोगिताको पहिलाे चरणको इभेन्टका ३७ वटा खेलहरु सम्पन्न भएको क्लवका महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव श्रेष्ठका अनुसार १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा १२ जना प्रतियोगिहरुले प्रतिस्पर्धा गर्नेछन् ।

५ वटा विधाका खेलहरु समावेश गरिएको प्रतियोगितामा १४२ जनाको सहभागिता रहेको छ । योङ्ग स्टार क्लव सोलुखुम्बुका अध्यक्ष बुद्धीनारायण श्रेष्ठको सभापतित्व एंव सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा प्रतियाेगिताकाे उद्घाटन गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार