भोजपुर सम्पर्क मञ्चद्वारा ६ जना सम्मानित

काठमाडौ : नेकपा एमाले भोजपुर-काठमाडौ सम्पर्क मञ्चले बनभोज तथा सम्मान कार्यक्रम साँखुको सलम्बुटारमा गरेको छ । मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले ६ जनालाई सम्मान गरेका थिए । सम्पर्क मञ्चका गतिविधिहरुमा अमूल्य योगदान गर्ने देवी घिमिरे, सत्य राज राई, शशिकला रोकाहा, गोम्बा शेर्पा, उत्तम कटुवाल र सुसन श्रेष्ठलाई सम्मान गरेको अध्यक्ष शेर्पाले बताए । उक्त वनभोज कार्यक्रममा संविधानसभा सदस्य कृपासुर शेर्पा, कोशी प्रदेश सचिवालय सदस्य राजकुमार दंगाल, सम्पर्क समन्वय कमिटीका सदस्य महेश चन्द्र गौतम, कोशी सम्पर्क कमिटीका सचिव नवराज घिमिरे समेतको उपस्थितिमा विभिन्न मनोरंजक खेल खेलाउनुका साथै नाचगान पनि गरिएको थियो ।

वनभोज कार्यक्रमका संयोजक सन्जु राईले स्वागत मन्तव्य राखेको थिए । औपचारिक कार्यक्रमको सञ्चालन मञ्चका सचिव ढोकल आलेले गरे भने अनौपचारिक कार्यक्रम सचिवालय सदस्य फुर्लाक्पा शेर्पाले सञ्चालन गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार