कांग्रेस सांसद सिंहले राखे उपसभामुख पद खारेजीको माग

काठमाडौं:  सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राख्नु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताउनु भएको हो ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । २ माघ २०७६ देखि उपसभामुख पद खाली छ ।

लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार