काठमाडौं :नेपालमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १५४ जना पुगेको छ। देशभर हाल १०७ जना सक्रिय संक्रमित छन्।