यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु : बाल यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक कटवालका अनुसार विद्यालयमा अध्ययनरत ११ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा भारत घर भएका ३९ वर्षीय अमित सुब्बालाई पक्राउ गरिएको हो । बालिकालाई फकाएर यौन दुव्र्यवहार गर्ने गरेको उजुरीका आधारमा सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शिक्षकमाथि ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार