थुलुङदुधकोशी : ११२औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा थुलुङदुधकोशी गाउँपालिकामा आयोजित माविस्तरीय छात्रा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । अन्तरपार्टी महिला सञ्जाल थुलुङदुधकोशी गाउँइकाइ समितिका अध्यक्ष कल्पना बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा कालिका माध्यमिक विद्यालय थुलुङदुधकोशी–३ पञ्चनकी पार्वती कार्की प्रथम हुनुभएको छ भने वीरेन्द्रदोय माध्यमीक विद्यालय थुलुङदुधकोशी–६ मुक्लीका निरुता बस्नेत द्धितीय, देउसा माध्यमीक विद्यालय थुलुङदुधकोशी–७ देउसाका अनुसा राई तृतीय र जनकल्याण मावि थुलुङदुधकोशी–४ जुबुकी अस्मिता राई सान्तवना हुनुभएको छ ।
अन्तरपार्टी महिला सञ्जाल थुलुङदुधकोशी गाउँइकाइ समितिको आयोजनामा “आगामी निर्वाचनमा सक्षम महिलाको प्रतिनिधित्व र भुमिका” विषय वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगीतामा गाउँपालिका भित्रका ९ वटा माध्यमीक विद्यालय मध्ये ७ वटा विद्यालयका छात्रा विद्यार्थीको सहभागिता रहेको अन्तरपार्टी महिला सञ्जाल थुलुङदुधकोशीकी कोषाअध्यक्ष अनिता खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय, तीतृय र सान्तवना हुनेलाई क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।







