अन्तराष्ट्रिय श्रमिक नारी दिवस, कालापत्थरमा घोषणपत्र जारी हुँदै

सोलुखुम्बु : मे ८ तारिक अर्थात ११२ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । “सामाजिक न्याय र लैगिक समानता दिगो विकासको सुनिश्चितता” भन्ने नारा सहित सोलुखुम्बुको विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गरिएको छ ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले ¥याली, चिठ्ठा र लोक गीत प्रतियोगीताको आयोजना गरेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङ्गनमा बिहान १० बजे कार्यक्रम सुरु हुने नगरपालिका शाखा अधिकृत शुष्मा आचार्यले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा अन्तरपार्टी महिला सञ्जालले कक्षा ११ र १२ का छात्रा विद्यार्थीको लागि वक्तृत्व कला तथा उत्कृष्ट काम गर्ने हरेक वडाका एक जना महिलालाई सम्मान कार्यक्रम गर्दैछ । यस्तै अन्य विभिन्न क्षेत्रम यस्तै कार्यक्रमको आयोजना गरिएको छ ।

कालापत्थरमा घोषणापत्र जारी हुँदै
अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा आज सगरमाथा क्षेत्रमा पर्ने कालापत्थरमा विशेष कार्यक्रम गरि घोषणा पत्र जारी हुँदैछ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उदेश्य सहित विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु १३ दिने पदयात्रबाट कालापत्थर पुगि कार्यक्रम हुने बताइएको छ ।

सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल सहितको टोली अहिले कालापत्थर पुगिसकेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बताउँनुभयो । फागुन १६ गते लुक्ला आएको ४० जना महिलाको टालीले विशेष व्यक्तिको उपस्थितिमा ८ बजे आधा घण्टा कार्यक्रम गरि फर्कने बताइएको छ ।

विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीको मुहान सुक्ने लगायतको कार्य भईरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उदेश्यले कालापत्थरमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

अभियानका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपिडिसनले लिएको छ । यस्तै अभियानका क्रममा हुन सक्ने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर प्रहरी समेत साथमै खटाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार