सोलुखुम्बु : नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका – ७ का वडा सभापति मिलन कुमार राईलाई प्रहरीले पक्राउ गरेकाे छ । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार थुलुङ दुधकाेशी-७ चेराखुकाे घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषीराज ढकालले जानकारी दिनुभयो । आराेपित राईलाइ आजै थप अनुशन्धानकाे लागि काठमाडौ पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजार सम्म जरिवाना हुने कानुनी व्यवथा रहेको छ ।







