सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिका -६ खोरियाका १२ घरपरिवारलाई खाद्यान्न र न्यानो कपडा कम्बल वितरण गरेकाे छ । विपत व्यवस्थापन समितिले सो क्षेत्रका १२ घर अतिविपन्न चिसाेबाट प्रभावित परिवारलाई चामल र कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयाे ।
मंगलबार प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही आफै त्यस क्षेत्रमा पुगेर वडा कार्यालयले सिफारिस गरेको पिछाडिएको वर्ग, दलित तथा अति विपन्नलाई प्रतिपरिवार ३० किलो चामल र एक थान कम्बल वितरण गर्नुभएको हो । बिहान बेलुका छाक टार्न समस्या भइरहेको बेला प्रशासनले उपलब्ध गराएको राहतले सहयोग मिलेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
खोरिया स्वास्थ्य चौकीमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शाहीसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दिनेश शर्मा, वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ लगायतका व्यक्तीहरुको उपस्थीती रहेको थियो । जिल्ला प्रशासन कार्यालयले केहीदिन अघी मात्रै तिङलाका २५ घर अतिविपन्न परिवारलाई चामल र कम्बल वितरण गरेको थियो । चिसोबाट काेही पनि पीडित नबनुन भन्ने उदेश्यले सहयाेग गरिएकाे प्रजिअ शाहीकाे भनाइ छ ।







