१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौं : कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिनुभयो ।

यस्तै भोलि २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने उहाँले बताउनु भयो । यो खोप सरकारले विश्व बैंकको सपोर्टमा कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेको चौरासियाको भनाइ छ। चौरासियाका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन।

उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था सरकारले आफै गरेको हो। सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ। सरकारले आँफैले खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरासियाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार