काठमाडौं : कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।
ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लगेको डब्लूएचओको युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूगले बताए । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ। सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ।
खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए। तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ, ।







