काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।
स्वास्थ्यमा सुधार हुन नसकेपछि उहाँलाई आइतबार आईसीयूमा राखेर उपचार गरिएको हो । लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित हुनुहुन्छ । कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।







