थप १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : पछिल्लाे २४ घण्टामा  १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । २७ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा उक्त संख्यामा पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

यो अवधिमा ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । यसअघि हिजो २३ हजार ४ सय ९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।

याे सहित नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ । बिहीबार  १२ हजार ३ सय ३८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको हो ।

यीमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १ सय ८६ जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार