काठमाडौं : कोभिड १९ फैलिएपछि सर्वोच्च अदालतले सेवामा कटौती गरेको छ। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ओमिक्रोनलगायतका विभिन्न भेरियन्टका कारण त्रास उत्पन्न भएको भन्दै भीडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनामा संक्रमण देखिएपछि सेवा प्रवामा कटौती गरिएको विज्ञप्ति जारी गरी जानकारी दिएको छ।








