काठमाडौंः गीतकार रश्मि मैनालीको एकल गीती एल्बम ”नयन”को विमोचन गरिएको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बिकास बोर्डमा आइतबार चलचित्र निर्देशक तुलसी घिमिरे र बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख अतिथिमा गीतको विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्दै निर्देशक तुल्सी घिमिरेले मैनालीको मीठो शब्द संगीतको तारिफ गर्दै सम्पुर्ण टिमलाई शुभकामना तथा बधाई दिनु भएको छ । 
एल्बममा ६ वटा गीत समावेश गरिएको छ ,भने गीतमा गायक गायिका दिपक पाठक ,अन्जु पन्त सुनिता थेगिम, कमल भट्टराई आवाज रहेको छ । त्यस्तै दिपक पाठक र कमल भट्टराईको संगित रहेको छ । ६ वटा गीत मध्यका ’कति मधुर’ र ’गुराँसको ओठबाट’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भईसकेको छ ।







