सुनको भाउ तोलामा ९०० ले घट्यो

काठमाडौं: सुनचाँदीको भाउमा गिरावट आएको छ , । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट आएर तोलाको ९१ हजार ७०० कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ५० रुपैयाँ तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार