काठमाडौं : देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ।
जाडोयाममा शरीर वा काठालाई न्यानो बनाई राख्न आगो ताप्ने , हिटर बाल्ने , गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरेपनि प्रर्याप्त सावधानी नअपनाउदा अप्रिय घटना घटेका छन् ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ।
१) आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं।
२ ) कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
३ ) आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री राख्नु हुदैन्
४) सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।
५) गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं।
६) गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं।







