काठमाडौं : साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । लगातार पाँचौ दिन बढ्दै यो साता पनि शेयर बजारले सुधारको संकेत देखाएको हो ।
नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो ।







