साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत भिड्दै

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । सात पटकको च्याम्पियन भारतविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने विश्वास नेपाली टोलीको छ ।

नेपाल र भारतबीचको खेल राति पौने १० बजे सुरु हुने छ । सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रने छ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

भारतविरुद्धको खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् । भारतसँग नहार्ने गरी खेल्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार