काठमाडौं : पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।
जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।







