थप १ हजार ३० जना संक्रमित थपिए,१० जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।

१५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार