थप १,२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र तीन हजार ६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज देशभर एक हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ एक जना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।
त्य

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार