नेप्सेमा सुधार, ६६ अंकले बढ्यो

काठमाडौं : मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको छ । सोही क्रममा सवा १२ बजेसम्म नेप्से परिसूचक करिब ६६ अंकले बढेर २ हजार ७ सय ७८ अंकमा पुगेको छ ।

अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो । नेप्से बढे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार