गीतकार तथा संगीतकार गाैतमकाे नयाँ गीत “दशै आयो तिहार आयो” बजारमा (भिडियाे)

सोलुखुम्बु : गीतकार तथा संगीतकार गौतम सागर राईको नयाँ गीत “दशै आयो तिहार आयो” विश्व बजारमा आएको छ । सोलुखुम्बुको पावैमा जन्मनुभएका राईको उक्त चाडपर्व लक्षित गीत उहाँकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

केही समय देखि अमेरिकाको कोलोराडो शहरमा बस्दै आउनुभएका राईको गीतले दशै तिहारको झल्को दिएको छ । गीतमा कायिका सुद्धिता राईले आवाज दिनुभएको छ । पुर्वेली गीतसंगीतलाई प्राथमीकतामा राख्नुहुने गौतमले पछिल्लो समय परदेशका कथाहरुलाई समेट्दै आउनुभएको छ । जसले गर्दा उहाँलाई पछिल्लो समय “परदेशका सर्जक”को रुपमा आफ्नो परिचय स्थापित गराउँदैहुनुहुन्छ ।

सामान्य परिवारमा जन्मनुभएका गौतम गीत संगीतकै मोहका कारण राजधानी काठमान्डौ पुगेको बताउँनुहुन्छ । सोलु एफ.एम.का पुर्व कार्यक्रम प्रस्तोता समेत रहनुभएका गौतम गीत संगीत संगै सामाजिक कार्यमा समेत सक्रिय रहनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार