ताप्लेजुङ : कमेडी च्याम्पियन सिजन-2 २०७८ मा विजेता बनेका हुन् ताप्लेजुङका छोरा भरतमणि पौडेल । २०७८ को कमेडी च्याम्पियन सिजन-2 मा उनी संगै प्रतिष्पर्धामा सहभागी थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै अघि आएका भरत अरुको नक्कल सजिलै गरेर दर्शकलाई हसाउने र मनोरञ्जन दिलाउन सक्ने एक उत्कृष्ट नाटककारका रूपमा ठहरिएको छ।
शुक्रबार बेलुकी भएको कमेडी च्याम्पियन सिजन-2 २०७८ को फाइनल एपिसोडमा बिकी अग्रवाल र सन्तोष चापागाईंलाई उछिन्दै विजेता बनेका भरतमणी पौडेल ताप्लेजुङको फुङ्गलिङ नगरपालिका ८ दोखुमा जन्मेका हुन्।
सामान्य परिवारमा जन्मिएका पौडेलले ताप्लेजुङको पहिलो सामुदायिक रेडियो रेडियो तमोरमा काम गर्ने अवसर पाए संगै हास्य व्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन्। रेडियोमा हास्य व्यंग्य कार्यक्रम चलाउँदा चलाउँदै स-साना मन्च तथा स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाए र थप प्रोत्साहित पनि भए ।
पढाईको शिलशिलामा काठमाडौं प्रस्थान गरेका पौडेल साथीभाई र हास्य क्षेत्रका केही राष्ट्रिय कलाकारहरुको साथ पाए संगै कमेडी च्याम्पियनको स्टेज सम्म पुगेका थिए। प्रतिस्पर्धाका क्रममा नेकपा एमालेका नेता गोकुल बास्कोटा र पूर्वयुवराज पारस शाहको हुबहु क्यारिकेचर गरे पश्चात उनि झन उच्च चर्चामा चुलिएका हुन् ।
कयौं दर्शकको मन जित्न सफल र दुनियाँलाई हसाउन मनोरञ्जन प्रदान गर्न सक्ने क्षमता तथा ज्ञान भएको पौडेल, उनको कमेडी नाट्यलाई रुचाएका प्रिय दर्शकहरूको भोटिङ् मार्फत विजेता हाँसिल गर्न सक्षम भएका हून् ।
कमेडी च्याम्पियन सिजन-2 २०७८ का विजेता बन्न सफल भरतले कार सहित नगद रु २५,००,००० लाख प्रप्त गरेका हुन् भने पूर्व पर्यटन मन्त्री तथा समाजसेवी योगेश भट्टराई मार्फत पनि रू १,००,००० लाख नगद सहयोग तथा पुरस्कारको रूपमा प्रदान गरेका थिए।
ताप्लेजुङका छोरा मात्र नभएर ताप्लेजुङका गहना तथा ट्यालेन्टको रूपमा परिचित रहेको पौडेलका बा-आमा भने सामान्य खेतीकिसान तथा व्यापार व्यवसायमा संलग्न रहेका छन् ।







