हिमाली जिल्लामा आजबाट कोरोना खोप दिइने

काठमाडौं : सरकारले आजदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ। हिमाली जिल्लामा १८ वर्षमाथिका नागरिकलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइदै छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । त्यस्तै ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार