थप १५५८ जनामा कोरोना संक्रमण , १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ८६ र तीन हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो। देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये २३ हजार ९५० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन् भने ३८६ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर एक हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार