थप १हजार ५११ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं : काठमाडौं पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १६५ र तीन हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो। शभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा एक हजार ५५० संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर एक हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ एक जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार