साहस उर्जाले खुल्ला गरेको शेयर भन्दा १२ लाख कित्ता बढी आवेदन

  नेपालन्यूजसाईट समाचारदाता
File photo

सोलुखुम्बु : ८६ मेगावाट क्षमताकाे साेलुखाेला दुधकोशी हाइड्रोपावर निर्माण गरिरहेको साहस उर्जाले खुल्ला गरेको शेयर भन्दा १२ लाख कित्ता बढीको लागि आवेदन परेको छ । कम्पनीले साउन २९ गते देखि सोलुखुम्बुवासीका लागि ३५ लाख कित्ता शेयर खुल्ला गरेको थियो । जसमा आज सम्म ४७ करोड १२ हजार ९० रुपैया बराबरको ४७ लाख १२ हजार ९० कित्ताको लागि १५ हजार ६ सय ३६ जनाको आवेदन परेको कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले जानकारी दिनुभयो ।

यो माग गरेको आवेदन भन्दा १२ लाख १२ हजार ९० कित्ता बढी हो । माग अनुसार आवेदन नपरे समय थप गर्ने जनाएको कम्पनीले एक सूचना जारी गर्दैै भदौ ११ गते बैंकको समय सकिएपछि आवेदन नलिन भनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार