काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३,२७४ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१ हजार ९२९ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेका छन् ।
जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९० जना आईसीयू र १९१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ जना पुगेको छ ।







